शीर्ष नेताको चुनावी दौड : ओली चितवन जाँदै, प्रचण्ड लमजुङ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।हिजो कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका अध्यक्ष ओली आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।   नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ। एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेस