रुकुम पश्चिम – रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ भल्माको बस्ती उँधो ठूलीभेरी सुसाउँदै बग्छ। भीमा ओली (४०) को मन उसैगरी सुसाइरहेछ। त्रिपालभित्रको उकुसमुकुसबाट निस्केर बाहिर नियाल्छिन्, ओत लाग्ने घर त गर्ल्यामगुर्लुम ढलेको देख्छिन्। त्यो दृश्यले उनको मन चसक्क चर्कन्छ, जसरी घरको भित्ता चर्किएर ढलेको छ। ६ जनाको ओत लाग्ने घर भूकम्पको धक्काले ढलेपछि उनलाई छटपटीको पराकम्पनले […]