गगनको कटाक्ष : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले गभर्नर अधिकारीमाथि कटाक्ष गरेका हुन् ।मौद्रिक नीतिबारे नेकपा एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभए गभर्नरलाई सुझाव लिएको थापाको भनाइ छ । ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो,’ उनले भने, ‘नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि