लोकप्रिय निर्णय, कार्यान्वयन शून्य

दुवै लेनमा खचाखच सवारी छन् । चालक गाडीको ब्रेक घ्याच्च–घ्याच्च पार्दै अगाडि बढ्न खोज्दै छन् । बिहानैदेखिको जामले सवारीको ताँती छ । सडकमा खटिएका ट्राफिक प्रहरीलाई जाम हटाउन हम्मेहम्मे परिरहेको देखिन्छ । आइतबार बिहान १० बज्नै लाग्दा सातादोबाटो–लगनखेल सडकखण्डमा देखिएको दृश्य हो यो । यही सडकलाई गत असोज १ गते ललितपुर महानगरपालिकाले जाममुक्त घोषणा गरेको थियो।