३० वैशाख, विराटनगर । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले यकिन विवरण आइनसकेको र मतपेटिका संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । सबैतिरबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गर्ने उनले बताए । […]