शान्ति समाजद्वारा कोभिड–१९ संक्रमित बिरामी तथा बालगृहमा खाद्यान्न सहयोग

मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा देशका विभिन्न ठाउँमा शाखाहरूले विभिन्न कार्यक्रम गरी आज मनाएका छन् । सोही क्रममा  मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामीहरु तथा स्वास्थकर्मीलाई खाजा तथा सिर्जनशील संस्था नेपालद्वारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।कोभिड–१९ संक्रमणबाट नागरिकहरु आक्रान्त भई हाहाकार सिर्जना हुन  थालेको विकराल अवस्थामा शान्ति समाजले थोरै भए पनि सहयोग पुग्ने विश