काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ ।
अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी स...