चिजले चिनिएका रिञ्जीफुर्वा

इलाम : दोलखाकै तत्कालीन जिरी बहुउद्देश्य स्कुलबाट ०२९ मा एसएलसी उत्तीर्ण गरेपछि रिञ्जीफुर्वा शेर्पा उच्च शिक्षाका लागि राजधानी हानिएका थिए। पहाडी क्षेत्रमा जन्मिएका उनको विज्ञान पढ्ने रहर थियो।तर, दुग्ध विकास संस्थानको त्यो एउटा विज्ञापनले उनको लक्ष्य मोडिदियो। उनी चिज मेकरतर्फ आकर्षित भए। ४७ वर्ष अघिको घटना सम्झँदै शेर्पा भन्छन्, ‘एलएलसी पास गरेपछि कलेज पढ्न राजधानी झरेको थिए। जागिर खोज्दै जाँदा दुग्ध विकास संस्थान पुगे। त्यहाँ चिज उत्पादनको दुईवर्षे तालिम गर्नुपर्ने र काम गरेवा