बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ - दाङमा यो वर्ष धान उत्पादन बढेको छ ।  यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।  यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।  गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्र...