माधव नेपालले बादललाई भने– तपाईँलाई अहिले भोट दिन सक्दैनौँ

काठमाडौं । नेकपा (एमाले) सहमतितिर अघि बढिरहँदा राष्ट्रियसभाको उपनिर्वाचन बाधक बन्ने खतरा देखिएको छ । जेठ ६ गते हुने उपचुनावमा एमालेकै दुईजना उमेदवार मैदानमा छन् । एमालेको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा बादल छन् । गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा मैदानमा छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला कांग्रेस, माओवादी...

सम्बन्धित सामग्री

माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएका छन् । उनले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् । ‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’ मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले उहाँको पछि लागेका चुनावसम्म एमाल