मलेसियमा बसेर जापानी नागरिकलाई लक्षित गरी फोन घोटाला सञ्चालन गरेको आशंकामा मलेसियाको प्रहरीले सातजना जापानीलाई पक्राउ गरेको छ। मलेसियन प्रहरीले सोमबार क्वालालम्पुरको एक कन्डोमिनियममा छापा मारेर २३ देखि ४१ वर्षका सातजना पुरुषहरूलाई पक्राउ गरेको हो । घोटालामा संलग्न रहेको आशंकाको सूचना जापानी दूतावासबाट पाएपछि प्रहरीले उनीहरुको अपार्टमेन्टमा छापा मारेर फोन र अन्य सामानसहित पक्राउ गरिएको …