ड्वायन ब्राभोको घरेलु मैदानको बिदाइ खेल वर्षाले सखाप पार्यो

वेष्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोको अन्तर्राष्ट्रिय टी ट्वान्टीको घरेलु मैदानको बिदाइ खेल वर्षाले प्रभाबित भएको छ । पाकिस्तान र वेष्टइन्डिजबीचको चौथो तथा अन्तिम खेल वर्षाले पटक पटक प्रभावित भई मात्र नौ ओभरमा सीमित गरियो । तर वेष्टइन्डिजले बिना कुनै क्षतिमा ३० रन बनाउँदा पुनः वर्षाले खेल अबरुद्ध हुन पुग्दा पाकिस्तानले शृङ्खला १–० ले जित्यो । ड्वायन ब्राभो आगामी अक्टोबर महिनामा हुने टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्नुहुनेछ । यद्दपी उक्त प्रतियोगिता यूएईमा हुने भएकोले ब्राभोको घरेलु मैदानको यो अन्तिम खेल थियो ।