६० वर्षसम्म पनि बैंक खाता नहेरेकी एक स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको पाएकी छन् । फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा हजुर आमासँग स्कटल्यान्डको भ्रमणमा गएकी थिइन् । हजुरआमाले उनलाई ट्रस्टी सेभिङ बैंकमा खाता खोल्न सहयोग गरेकी थिइन् । यो बैंकलाई हाल टीएसबीको नामले चिनिन्छ । उनको हजुरआमाको ८० वर्षको उमेरमा १९६९ मा निधन हुनु पहिले निक्षेप रहेको बैंक खाता हस्तान्तरण गरेकी थिइन् ।एलिसन हाल इडिनबर्गको स्टकब्रिजको क्षेत्रमा बस्दै आएकी छन् । उनल