बन्दाबन्दीमा घरेलु उत्पादन नबिक्दा सर्वसाधारण मारमा

नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको ७१ औँ दिन भइरहँदा ग्रामीण भेगमा घरेलु उत्पादन गरेर जीविका चलाउने सर्वसाधारण मारमा परेका छन् । बन्दाबन्दीका कारण घरेलु उत्पादनलाई बिक्रीवितरण गर्न नपाउँदा उनीहरू समस्यामा परेका हुन् । सरकारी स्तरबाट कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्नका लागि बन्दाबन्दीको घोषणा गरिएसँगै जिल्ला घरेलु वस्तु उत्पादन गरेर गुजारा गर्दै आएका व्यक्तिहरू मारमा परेका छन् । बन्दाबन्दीले आवतजावतमा कडाइ भएसँगै स–साना घरेलु सामाग्री उत्पादन गरेर गाउँगाउँ पुगेर बिक्री गरेर आम्दानी गर्दै आएका व्यक्तिहरूको आम्दानीको स्रोत बन्द भएको छ । निगाँलो र बाँसको डोको डालो बुनेर छिमेकी गाउँलगायत नजिकका बजारसम्म पुर्याएर बिक्री गर्दै आउनुभएका ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ६ का दुर्गाबहादुर पुलामीको दिनचर्या नै बदलिएको छ यतिबेला ।