रास्वपा सांसद श्रेष्ठमाथि सहकारीको रकम हिनामिनाको आरोप

पोखरा – ‘सामानहरु ल्याउन निकाल्ने भनेर पैसा जम्मा गरेको चेक दिँदा चेक नै साटिएन। ५ हजार, १० हजारको चेक दिँदा पनि साटिँदै साटिएन पैसा’, बिहीबार पोखरा महानगरपालिका परिसरमा भेटिएका भोजबहादुर गुरुङले भने। गोरखाका गुरुङले पोखराको विरौटामा चिया पसल चलाउँछन्। दैनिक व्यापारबाट भएको मुनाफा उनले रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए। […]