राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो । राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७