सविता उप्रेतीले अलि पृथक रहर र चाहनाको बिजारोपण गरिन् । त्यो रहर मानवतावादी थियो । समाजमा दुर्भाग्यवस् फालिएका, अलपत्र परेका र घरपरिवारको लागि बोझ भएका नागरिक, बालबालिकाको उद्धार, उपचार, लालनपालन, सहज जीवन यापन र सिप प्रदान गरी मान्छे हुने हक स्थापित गर्नु थियो ।वंशानुगत रोगले पीडित भएर आफ्नो दिनचर्या बडो कहालीलाग्दो रुप...