साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड

ग्रामिण कृषिलाई प्रवर्द्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् । अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१ को सन्दर्भमा राष्ट्रिय कृषक समूह महासंघको साथै राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्र...