राजनीतिकर्मीको भाग्य होस् त राज्यमन्त्री रेणुका गुरुङको जस्तो ! २०७४ सालमा टोखा नगरपालिकामा उपमेयरको चुनाव जितेकी भए गुरुङ अहिले स्थानीय तहका घरायसी मुद्दा–मामिलाहरु हेर्दै बसिरहेकी हुने थिइन् । तर, चुनावमा ९९ मत मात्र ल्याएर उनी ‘सौभाग्यवस’ पराजित भइन् ।उपमेयरमा हारेपछि उनी समानुपातिक सांसद भइन् । र, संसद विघटन भइसकेपछि शुक्रबार रातिदेखि सिंहदरबारमा मन्त्रीको कुर्सीमा बस्न पुगिन् । गुरुङलाई स्थानीय तहमा एमालेले नै हराएको थियो, तर सिंहदरबार पनि एमालेले प्रवेश गरायो । आफैं