प्रधानमन्त्री ओली त हट्नैपर्छ, तर राष्ट्रपतिमाथि पनि महाभियोग लगाउनुपर्छ : डा. दिक्षित (भिडिओसहित)

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सर्वोच्च अदालतको हिजोको फैसलाको स्वागत गरेका छन् । २० जना मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको फैसला राम्रो रहेको भन्दै उनले अदालत र उक्त निर्णय गर्ने न्यायाधीशहरुलाई धन्यवादसमेत ज्ञापन गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]