दोहोरो अंकले नेप्से घट्दा ३ अर्बको कारोबार

काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज ११ दशमलव ९६ अंकले घटेर २८ सय १ दशमलव ५६ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७० अंकले घटेर ५२७ दशमलव २८ विन्दुमा थामिएको हो । साताको […]

सम्बन्धित सामग्री

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

दोहोरो अंक बढ्यो सेयर बजार, फाइनान्स र विकास बैंकमा उच्च वृद्धि

१६ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १४.३३ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा कायम …

सेयर बजार दोहोरो अंक बढ्यो, बैंकिङ सूचक घट्यो

९ वैशाख, काठमाडौं ।  आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ …

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

सेयर बजार दोहोरो अंकले बढ्यो, आँधिखोला लघुवित्तको हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं।  मंगलबार सेयर बजारमा कारोबार तथा सूचक दुबै बढेको छ। मंगलबार नेप्से परिसूचक दोहोरो अंक अर्थात १४.२२ अंकले बढेर १८७३.११

प्रि -ओपन सेसनमा ०.५१ अंकले बढ्यो नेप्से

वैशाख २७, काठमाडौं  । साताको तेस्रो कारोबार  दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से  परिसूचक शून्य दशमलव ५१ अंकले बढेको छ । उक्त अवधिमा  नेप्से परिसूचक २ हजार २६९ दशमलव ३५ विन्दुमा पुगेको छ । प्रि - ओपन सेसनमा ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रू.१ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ मा खरीदविक्री भएको थियो ।

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बमा सीमित

अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंक (११.७८ अंक)ले घटेको छ । यो वृद्धिसँगै समग्र नेप्से परिसूचक २ हजार ८ सय २२.८३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४२ प्रतिशतले कम हो ।

दोहोरो अंक घट्यो नेप्से, कारोबार १७ करोड - Naya Patrika

साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक दोहोरो अंक घटेको छ । केही दिनयता निरन्तर नेप्से घटिरहेको छ । कारोबारमा समेत भारी गिरावट हुँदै आइरहेको छ । आज १० दशमलव ४९...पूरा पढ्नुहोस् »