रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग राष्ट्रिय जनता दरबार पार्टीबीच एकता हुने भएको छ । राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी रहेका छन् । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै बैठकले कर्ण बहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । एकीकृत पार्टीको नाम विवेकशील साझा