काठमाडौं : टेलिभिजन पत्रकार रवि लामिछाने ग्यालेक्सी टिभीको काम राजनीतिमा लागेका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने तयारीस्वरूप उनले टेलिभिजनको काम छाडेका हुन्। उनले फेसबुकमा एक भिडियो राख्दै आफ्नो आवाजलाई टेलिभिजनकोल पर्दाबाट संसदसम्म पुर्याउन चाहेको बताएका छन्। उनले भनेका छन्, ‘म रहरले सञ्चारकर्मी भएको हुँ। तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा