काठमाण्डाै – नेकपा एमालेले स्थायी कमिटी सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेकाे छ ।
एमालेका महासचिव शंकर पाेखरेलले आज शुक्रवार परिपत्र जारी गर्दै मधेस प्रदेश सह-इन्चार्जसमेत रहेका साहलाई पार्टीबाट निष्कासन गरेको जानकारी दिनुभएकाे हाे ।
यस्तै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ । पार्टी विराेधी गतिविधिमा संगल्न भएकाे भन्दै प्रभु साह सहित इन्चार्ज शाह र सह–इन्चार्...