राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उत्तरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् । पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकमा इमान र त्यागको राजनीतिले मात्र देश विकास र जनतालाई समृद्धिको बाटोमा लैजान सकिने बताएका हुन् ।उनले निकट भविष्यमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्ति