काठमाडौंको कागेश्वरी मनोहरा सडकमा युवती मृत फेला, हत्या आशंका

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा फरेन्सिक चिकित्सक पनि गएका छन् । 

सम्बन्धित सामग्री

काठमाडौंको गोठाटारमा एक युवती मृत फेला

काठमाडौंः काठमाडौंको गोठाटारमा एक युवती मृत अबस्थामा फेला परेकी छिन्। कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा मृत भेटिएकी हुन्। आइतबार दिउँसो कोठामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।