आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय तहका पदाधिकारीलाई कारवाही गर्ने

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा आचारसंहिता लागू भैसकेकाले  कुनै उम्मेदवारको प्रचारप्रसारमा गरेका स्थानीय तहका कार्यपालिका सदस्यमाथि कारवाही गर्ने चेतावनी दिएको छ। कारवाहीबारे आज आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यसरि कतिपय स्थानीय तहका बहालवाला कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको प्रचारप्रसारमा