माओवादी प्रतिनिधि एकमत : चुनावले गुटबन्दी गर्छ, सहमतिमै नेतृत्व चुनौँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन्। पुस ११ गतेदेखि जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका हुन्। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ।चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको