काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रतिनिधसभा बैठकमा प्रयोग गरेका असंसदीय शब्द हटाउनको लागि निर्देशन दिएका छन्।
शुक्रबार बसेको बैठकमा मन्त्री बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा संसदीय मर्यादाविपरीतका शब्द प्रयोग गरेकोले हटाउन सभामुख सापकोटाले निर्देशन दिएका हुन्।