काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए।शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होले