१६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित

काठमाडौं : स्थानीय तह निर्वाचनमा देशभरका ७७ केन्द्रमा मतदान स्थगित भएको छ। निर्वाचन आयोगको राति १० बजेसम्मको तथ्यांकअनुसार १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हाे।  मतदान स्थगित भएका स्थानहरुमा पुनः मतदानको मिति र समय यथाशीघ्र तोक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  आयोगले देशभर ६४ प्रतिशत मत खसेको समेत जनाएकाे छ।  

सम्बन्धित सामग्री

७७  केन्द्रमा मतदान स्थगित

काठमाण्डाै - हिजो भएको पालिका चुनाव अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको हो । स्थगित भएका केन्द्रमा छिटै फेरि मतदान हुने गरी मिति तोकिने आयोगले जनाएको छ । आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन। गएराति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको पनि आयोगले जनाए...