प्रदेश ७ – चुनावको मुखमा काम खोज्दै भारत जानेको लर्को

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन एक साता पनि बाँकी छैन । गाउँबस्ती, शहरबजार जताततै चुनाव कै चर्चा छ । उम्मेदवार र तिनका कार्यकर्तालाई प्रचार प्रसार भ्याइ नभ्याइ भएको छ । पुरैे मुलुक यतिवबेला चुनावमय भएको अवस्थामा वर्षेनी यहि समयमा मुग्लान पस्ने नियति बोकेकाहरु भने कामको खोजीमा धमाधम भारत पस्न थालेकाछन् ।