भारतले नेपाललाई दिने अनुदान बढायाे

काठमाण्डाै – भारतले आउँदाे आर्थिक वर्ष २०२१–२२ मा नेपाललाई नाै अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ । भारत सरकारले साेमवार आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई दिने सहयोग अनुदानबारेमा जानकारी गराएको हो । बजेटमा नेपालसहित १० वटा देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने उल्लेख छ । भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिएको थियो ।   भारतले आउँदाे वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रको बजेट एक...