टर्कीले सामाजिक सञ्जाल प्ल्याटफर्महरू ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।
नयाँ सामाजिक सञ्जाल कानूनअनुसार विदेशी कम्पनीहरूले टर्कीमा आधिकारिक प्रतिनिधि राख्नुपर्नेमा यी कम्पनीहरूले अटेरी गरेपछि त्यस्तो प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्ध मंगलवारदेखि लागू भएको छ । देशका शीर्ष अधिकारीहरूले साइबरस्पेसमा राष्ट्रिय स्वार्थ जगेर्ना गर्ने महान् कदम भन्दै यसको प्रशंसा गरेका छन् ।
‘हामी देशको आँकडा, निजता तथा अधिकार संरक्षणका लागि आवश्यक पर्ने सबै काम गर्न प्रतिबद्ध छौं,’ याताय...