नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
विगतका दिनमा जस्तै सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदले नाराबाजी गरेका थिए ।
माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुखले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेपछिको बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन् । उनीहरूले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्...