मिलान र इन्टरलाई पछि पार्दै नेपोली शीर्षस्थानमा उक्लियो

एजेन्सी – एसी मिलान र इन्टर मिलानलाई पछि पार्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । आइतबार राति लाजियोलाई २–१ ले पराजित गर्दै नेपोली शीर्षस्थानमा उक्लन सफल भएको हो । लाजियोको मैदानमा नेपोलीको महत्वपूर्ण जितमा लोरेन्जो इन्सिग्ने र फावियनले गोल गरे । घरेलु टोली लाजियोका पेड्रो रोड्रिग्वेजले एक गोल फर्काए । […]