जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ । जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।