तीन पटक सांसद भइसकेका रमेश लेखक यसपटक पनि कञ्चनपुर ३ मा प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो निर्वाचनमा भएको पराजयको बदला लिने तयारी साथ गठबन्धनका उम्मेदवार लेखक चुनावी मैदानमा छन् । तर उनलाई कांग्रेसकै बागीको डर छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि दीपकबहादुर सिंह र शारदा चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपि कांग्रेस कञ्चनपुरले उनीहरूलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।