पूर्वराजा भोलि सिंहदरबारको मुख्यद्वारअघि जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदबारको मुख्य प्रवेशद्वारअघिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने भएका छन्।पृथ्वीजयन्तीको अवसरमा मंगलबार साढे १२ बजे सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए। मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ।

सम्बन्धित सामग्री

पूर्वराजा आइतबार भक्तपुर जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्। The post पूर्वराजा आइतबार भक्तपुर जाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वराजा ज्ञानेन्द्र कर्णाली र सुदूरपश्चिम जाँदै

काठमाडौं, ८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्। उनी नेपालगन्जसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाए ।अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी […]

केपी ओली पूर्वराजा ज्ञानेन्द्र निवासमा सुटुक्क जाने गर्छन् : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् । अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आज (शुक्रबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले […]

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबार जाने

काठमाडौं :  पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी पौने ११ बजे सिंहदरबार जाने कार्यक्रम रहेको भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए। त्यहाँबाट भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक पनि जाने कार्यक्रम रहेको अधिकारीले बताए।  यस्तै पूर्वराजा शाह मध्यान्ह साढे १२ बजे

पूर्वराजा शाह पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीका अवसरमा भोलि (मंगलबार) पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । पहिलो पटक सिंहदरबारको मूल गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्न लागेका हुन् । पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भोलि मध्यान्ह साढे १२ बजे पूर्वराजा सिंहदरबारअगाडि पुग्ने कार्यक्रम रहेको छ । भोलि […]

कुमारीको दर्शन गर्न पूर्वराजा हनुमानढोका जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।  कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।