यास चक्रवातको प्रभाव घटेसँगै मौसम सुधार हुन थाल्यो

काठमाण्डाै - आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि गण्डकी, लुम्बिनी र...