शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकु अस्पतालबाट उक्त सेवा सुरु गरिएको मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।कोरोना भाइरसको तेस्रो लहरको हुनसक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै इमर्जेन्सी सेवा दिन लागिएको हो । निःशुल्क