बैतडी : बैतडीमा पहिलोपटक नगरपालिकाबाट पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिकामा पनि खोप केन्द्र स्थापना गरी खोप लगाउन सुरु गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। यसअघि माघ १४ गतेदेखि जिल्ला अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पतालबाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा ल्याइएको हो। उनले भने, ‘खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै असर