अब सिंहदबारभित्र पत्रकारलाई झन्झट, सर्वसाधारणलाई सास्ती र कर्मचारीलाई लगाम :: Pahilopost.com

काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पत्रकारहरुले पाउँदै आएको सुविधा परिवर्तन हुने भएको छ। सूचना विभागको प्रेस पास भएका पत्रकारलाई सिंहदरबारमा सहज प्रवेशको व्यवस्था रहेकोमा अब भने थप प्रवेशपत्र लिनुपर्ने भएको हो। पत्रकारले सिंहदरबार गेटमा पुगेर सुरक्षाकर्मीसँग वेग्लै पास लिएपछि मात्र भित्र जान पाउने व्यवस्था गर्ने तयारी गृह