किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जास्पद : सांसद ढकाल

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताएकी छन् । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उनले बताइन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएकी थिइन् […]