काठमाडौं । गृह मन्त्रालयले मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि कर्मचारी नेतृत्वकाे डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको हो । मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी […]