ताइवानको पक्षमा लड्न आउने अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्ने चीनको दाबी

युद्धको स्थितिमा ताइवानको प्रतिरक्षा गर्नका लागि पठाइने अमेरिकी सैनिकहरूमाथि चिनियाँ सैनिकले गोली हान्ने चीनको सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले ताइवानमाथि चिनियाँ आक्रमण कदापि हुन नदिने बताएलगत्तै ग्लोबल टाइम्सले यस्तो चुनौती दिएको हो ।  ताइवानको प्रतिरक्षा गर्ने खर्च अमेरिकाले बेहोर्न नसक्ने भएकाले यस्ता धम्कीहरू विश्वसनीय नभएको पनि ग्लोबल टाइम्सले लेख्यो । सलिभानलाई आफ्नो ठूलो मुख बन्द गर्न र अमेरिकाको थप बेइज्जत नगर्न पनि पत्रिकाले लेखेको छ ।  च...