प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् ।