विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको छ । नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड– माधव समूहले दलको नेतामा आचार्यलाई चयन गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । संसदीय दलभित्र पनि अविश्वासको...