सङ्खुुसभा – राष्ट्रिय गौरवको जोगमुनी—किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको माम्लिङ–पिलुवा खोला सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ ।
पहिरो खसेर बन्द भएको सडक खण्डको पहिरो पन्छाएपछि बुधवार बेलुकी साढे पाँच बजेपछि दुवैतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक्स्काभेटरले पहिरो पन्छाएर र ब्रेकरले ढुङ्गा फुटाएर सडक खोलिएको हो । बुधवार पानी पर्ने क्रम अलि रोकिएपछि पहिरो पन्छाउन र ढुङ्गा फुटा...