संवैधानिक इजलाससम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनैपर्ने मागसहित परेको रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी चढेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गराएको रिटमाथि यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो । सर्वोच्च अदालत, न्याय परिषद सचिवालय र कानून व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गरिएको उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन आदेश ...